Rule 13
विशेष राहदानी जारी गर्ने
(१) नेपाल सरकार, प्रदेश सरकार वा कुनै सरकारी निकायबाट मनोनयन भई सरकारी काममा बिदेश भ्रमणमा जाने देहायका पदाधिकारी तथा कर्मचारीलाई विभागले विशेष राहदानी जारी गर्नेछ :-
(क) नगरपालिकाको प्रमुख, प्रदेश लोकसेवा आयोगका सदस्य, प्रदेश - न्यायसेवा आयोगका सदस्य, _ प्रदेश योजना आयोगका सदस्य,
(ख) काठमाडौं महानगरपालिका बाहेकका महानगरपालिकाको उपप्रमुख, _ जिल्ला समन्वय समितिका उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपमहानगरपालिकाको उपप्रमुख, नगरपालिकाको उपप्रमुख, नेपाल सरकारका सहसचिव एवम् राजपत्राङ्कित प्रथम श्रेणी वा सो. सरहका अधिकृत, जिल्ला न्यायाधीश,
(ग) कुटनीतिक राहदानी पाउने पदाधिकारी बाहेकका निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, नेपाल विशेष सेवा, प्रदेश सरकार र स्थानीय तहका अधिकृतस्तरका कर्मचारी, गाउँपालिकाको उपाध्यक्ष,
(घ) नेपाल राष्ट्र बैङ्कको डेपुटी गर्भनर,
(ङ) प्रचलित कानून बमोजिम गठित आयोग, समिति तथा बोर्डका पदाधिकारीहरु, (च) नेपाल सरकारबाट मनोनयन भई छात्रवृत्तिमा अध्ययन गर्न वा. अध्ययन भ्रमण वा तालिममा भाग लिन विदेश जाने सरकारी निकायका अन्य -कर्मचारी,
(छ) संयुक्त राष्ट्र सङ्घको शान्ति मिशनमा खटिई जाने नेपाली: सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी. बल, नेपालका कर्मचारी।
(२) उपनियम (१) बमोजिम जारी हुने राहदानी बाहक नेपाल सरकारबाट विदेशमा खटिई कार्यरत रहेकै अवस्थामा निजको पदावधि वा सेवा अबधि समास हुने रहेछ भने निजको हकमा पदावधि वा सेवा अवधि समाप्त हुने मितिमा बढीमा छ महिना थप गरी विशेष राहदानी जारी गरिनेछ ।